बेपत्ता बास्तोलालाई खोज्न आज सेती ड्याम खोलिदैं

सतर्क रहन कास्की प्रहरीको आग्रह

पाेखरा | चैत १५, २०८०

बेपत्ता बास्तोलालाई खोज्न आज सेती ड्याम खोलिदैं

पोखरा:   जिल्ला प्रहरी कार्यालय कास्कीले आज सेती नदीको ड्याम खोलिने बताउदै सतर्क रहन आग्रह गरेको छ ।

 

विगत २७ दिनदेखि सेती नदीमामा हाम फालेर बेपत्ता भएका पोखरा–१६ का सुगम बास्तोलाको खोजतलाजको लागि दोस्रो पटक ड्याम खोलिने भएको हो । 

 

कास्की प्रहरीले सूचना जारी गर्दै आज दिउँसो १ बजे दीपको ड्याम खोलिने बताउदै नदी किनारमा नजान आग्रह गरेको छ ।

 

पोखरा महानगरपालिका–३ नदीपुरस्थित सेती नदी माथि बनाइएको पुलबाट हाम फालेर बेपत्ता भएका बास्तोलाको खोजतलाजका लागि दोस्रो पटक ड्याम खोलिने जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी एवम् प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिए । 

 

पोखरा महानगरपालिका–१६ दिपस्थित सेती नदीमा बनाईएको ड्याम खोलेर पानीको बहाव बढाई बास्तोलाको खोजतलाज गर्ने प्रहरी निरीक्षक रानाले बताए । 

 

 

उनका अनुसार यसअघि गत २२ गतेपनि ड्याम खोलेर खोजतलाज गरेको थियो ।  फागुनको १८ गते सेती नदीमा हाम फालेर बेपत्ता भएका थिए ।

 

बास्तोला परिवारले पुनः ड्याम खोलेर पटक खोजतलाजको लागि आग्रह गरेपछि ड्याम खोलेर खोजतलाज गर्न लागिएको कास्की प्रहरीले जनाएको छ ।
 

पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेडलाई रोक्दै जावलाखेल सेमिफाइनलमा प्रवेश गरेको छ ।    पोखरा रंगशालामा आज भएको खेलमा चर्च ब्वाइज युनाइटेडलाई  ...

थप पढ्नुहोस्

काठमाडौँ:   प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारले औपचारिक रूपमा प्रचारप्रसारको कार्य सोमबारदेखि सुरु गर्दै छन् ।   निर्वाचनको मनोनयन प्रक्रिया सम्पन्न भई उम्मेदवारको अन्ति...

थप पढ्नुहोस्

 पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा आज मनाङ मस्र्याङ्दी क्लब र थन्डरबोल्ट भारत भिड्दैछन् ।   विभागीय एपिएफ क्लबलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको मनाङ मस्र्याङ्दीले पाहुना क्लब थन्...

थप पढ्नुहोस्